कविता: मैले बनाउने ताजमहल - भावना रेग्मी, BBA सातौँ  सेमेष्टर 

Published on 16 Jul, 2025

कविता: मैले बनाउने ताजमहल - भावना रेग्मी, BBA सातौँ  सेमेष्टर 

कविता

 मैले बनाउने ताजमहल

भावना रेग्मी, BBA सातौँ  सेमेष्टर 

तपाईँ कसैको यादमा ताजमहल

बनाउँदै हुनुहुन्छ ?

यदि हुनुहुन्छ भने

मलाई बोलाउनुस्,

हजुरको मजदुर बन्न तयार छु

 

थाहा मलाई तपाईं आफ्नो प्रेमलाई दुनियाँसामु देखाउन चाहनुहुन्छ 

थाहा तपाईंलाई आफ्नो प्रेम दुनियाँबाट लुकाउन चाहन्छु

 

तपाईं अरुको नजरमा कोहिनुर बन्न चाहनुहुन्छ

चाहनुहुन्छ यादको महल देखाएर पैसा कमाउन

अरुको नजरमा पित्तल बन्न चाहन्छु

चाहन्छु आफ्नो परिवारको भोकको ओखती बन्न

 

तपाईं प्रेमिकाको यादमा ताजमहल बनाउने मान्छे खोज्दै हुनुहुन्छ

किनकि तपाइँलाई बाँच्नु युग रहेसम्म

प्रेमिकाको हालको अवस्थामा  ताजमहल बनाउन लगाउने मान्छे खोज्दै छु

किनकि मलाई बाँच्नु भोक रहेसम्म 

फरक यत्ती हो तपाइँको यादको ताजमहल अरुले बनाउँछन्

  तपाइँको  नजरमा अरुको नाममा बन्न तयार हुन्छ

मेरो यादको ताजमहल बनाउँछु मेरो नजरमा  मेरो नाममानै बन्न तयार  हुन्छ 

 

यदि कुनैदिन ताजमहल बन्यो भने,

हेर्न जाने दुनियाँले तपाइँको प्रेमको कल्पना गर्छन्

हेर्न लैजाने दुनियाँले मेरो प्रेमको कल्पना गर्छन्

हामी यसरी बाँचिरहन्छौँ हाम्रो प्रेमको दुनियाँमा

जसरी बाँचिरहन्छन् तपाइँको पैसा मजदुरको पसिना 

 

यौटा तपाईंले ताजमहल बनाउनु भयो भने

हजारौँ हरु मजदुर बन्न आउँछौँ

हजारौँ हरुले बनाएको ताजमहल 

एक्लो हजुरले बनाउनुभएको भनिदिउँला

किनकि मैले बनाउने ताजमहलले

मात्र मेरो यौटा मजदुरको पेट भरिन्छ

हजुरले बनाउने ताजमहलले हजारौँ मजदुरको पेट भरिन्छन्

 

तपाईं मर्न खोजेको वा मरिसकेको प्रेमलाई बचाउन ताजमहल बनाउँदै हुनुहुछ

बाँच्न खोजेको वा बाँच्नको लागि खानलाई ताहमहल बनाउँदै छु 

 

तपाईंले बनाउने ताजमहल तपाईंजस्तै डकार्ने दुनियाको लागि हो 

मैले बनाउने ताजमहल जस्तै भोकको दुनियाँको लागि हो 

तब हाम्रो सपना एकै ठाउँमा गएर भेट हुन्छ

जब तपाइँको डकार्ने बानी हुँदैन मेरो अघाएको पेट हुन्छ

 

साँच्चै के 

तपाइँ कसैको यादमा ताजमहल

बनाउँदै हुनुहुन्छ?

यदि हुनुहुन्छ भने

मलाई बोलाउनुस्,

हजुरको मजदुर बन्न तयार छु